मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियारको छापा

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेको छ ।

कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै सर्लाहीको कौडेना गाउँपालिका र पर्साको जगरनाथपुर कार्यालयमा छापा मारेको हो ।

मधेस प्रदेशको कार्यालय बर्दिबास र केन्द्रीय कार्यालय काठमाडौको संयुक्त टोलीले सोमबार बिहान कार्यालयमा छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

‘कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको हो‚’ स्रोतले जनाएको छ।