पब्जी मोबाइल प्रो लिग दक्षिण एसियाली प्रतियोगिता सुरु

[sharethis-inline-buttons]

 काठमाडौं –

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एसियाली प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । चार सातासम्म सन्चालन हुने प्रतियोगितामा नेपालबाट ११ टोलीको सहभागिता छ ।नेपाल, श्रीलंका, मंगोलियालगायतका खेलाडीहरू सहभागी यो प्रतियोगितामा २० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट सहभागी ११ मध्ये सात टोली यसअघिको प्रदर्शनका आधारमा छानिएका हुन् भने चारवटा टोलीले छनोट चरण पार गरेका हुन् ।
हरेक साता सहभागी टोलीबीच प्रतिस्पर्धा गराइन्छ । अन्ति चरण अर्थात अन्तिम सातामा गरेको प्रदर्शनपछि समग्र अंक जोडेर विजेता घोषणा गरिन्छ । यो प्रतियोगिताको विजेताले १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

सन् २०१७ देखि सुरु भएको मोबाइल पब्जी खेल दक्षिण एसियामा लोकप्रिय इन्टरनेट खेलमध्ये एक हो । नेपालमा पनि यो खेलका व्यवसायिक खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन्छन् । पब्जीपीएमपीएल दक्षिण एसिया-२०२२ सहभागी नेपाली टिम
द एट्राक्स इस्पोर्टस, डेडआइज गाइज, भाइब्स इस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टू किल, रअ इस्पोर्टस, हाइभोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, ७सी इस्पोर्टस र इलिमेट्रिक्स