पनामालाई हराएपछि अमेरिका कतार विश्वकपको ढोकैमा

[sharethis-inline-buttons]

 काठमाडौं –

विश्वकप छनोटमा पनामालाई ५–१ ले हराएपछि अमेरिका कतार विश्वकपको ढोकैमा पुगेको छ ।अमेरिकाले विश्वकपमा पुग्न अब बुधबार हुने कोस्टारिकासँगको खेल ५ गोल भन्दा बढीको अन्तरले नहारे हुने छकोस्टारिकासँगको खेल ६ भन्दा बढी गोल अन्तरले हारेमा भने अमेरिकाले विश्वकपमा छनोट हुन ओसियाना क्षेत्रको टिमसित अन्तर महादेशीय प्ले अफ खेल्नु पर्ने पनि हुन सक्छ ।

उत्तर अमेरिकी क्षेत्रका ८ टिम सम्मिलित तेश्रो चरणको छनोटबाट २८ अंक बटुल्दै क्यानडा विश्वकपमा पुगिसकेको छ ।सोमबार बिहान भएको पनामासँगको खेल जिताउन अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले आफ्नो जीवनकै पहिलो ह्याट्रिक गरेका थिए । इंग्लिस क्लव चेल्सीबाट इंग्लिस प्रिमियर लिग खेल्दै आएका उनले अमेरिकी जर्सीमा योसहित २१ गोल गरेका छन् ।

यस्तै अमेरिकाका लागि पल अर्रिओला र जेसस फेर्रिइराले एक एक गोल थपे ।पनामासँगको खेल जिते लगत्तै अमेरिकी समर्थकले स्टेडियममा विश्वकपमा छनोट भएको ब्यानर देखाएको थिए । अमेरिकी प्रशिक्षक ग्रेग बेर्हल्टरले भने, ‘ब्यानरमा जे लेखिएको भए पनि हामीलाई थाहा छ हामी विश्वकप पुगेका छैनौं ।’