आज्ञा सम्वाददाता
जनकपुरधाम
एक ४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट तीन जना आरोपितलाई प्रहरीले सार्वजानिक गरेको छ ।
धनुषाधाम नपा– ३ सिकियाही वस्ने वर्ष २१ वर्षीया अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय रवि कुमार दास र कमला नपा–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी वस्ने २० वर्षीय अभिषेक चन्द्र दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १३ गते सार्वजानिक गरेको हो । बालिका आफनै डेरामा खेली रहेको समयमा चैत १० गते सम्पर्कविहिन भएपछि चैत ११ गते फोनमा १५ लाखको फिरौती रकम माग भएको थियो । सोही क्रममा प्रहरीले अनुसन्धान गर्ने क्रममा चैत ११ गते ७ जनालाई गिरफतार गरेको थियो ।
अनुसन्धानको क्रममा ४ जना निर्दोष देखिएकोले छाडिएको र ३ जना सलग्न आरोपित देखिएकाले अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।