आज्ञा संवाददाता
धनुषा-
धनुषाको विदेह नगरपालिका तिनकौरीया चोकको एक किराना पसलमा आगजानी गरिएको छ ।शनिबार राति साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनी भएको हो ।आगोबाट सम्पूर्ण पसल नै जलेर नष्ट भएको छ । पसल भित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको संचालक मण्डलले बताए ।
त्यहाँबाट करिब ५० मिटरकै दुरीमा प्रहरीचोकी तिनकौरिया रहेको छ । प्रहरी बजारमा डिउटी नबस्दा कसैले आगो लगाइदिएको हुन सक्ने स्थानीयको भनाइ छ । सो पसल तिनकौरिया चोकमा २० वर्षदेखि संचालनमा रहेको थियो ।यता तिनकौरिया प्रहरी चोकीका सई आशनारायण गिरीले २४ घण्टा चोकमा प्रहरीको डिउटी हुने गरेको दावी गरेका छन् ।
स्थानीय र प्रहरीबीच झडप भएको छ ।शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको हो । आठ सेल अश्रुग्यास प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ ।५० मिटर नजिकै रहेको तीनकौरिय प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूअले आगजानी गरेको स्थानीयको आरोप छ ।अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीको टोलि पुगेको छ ।डिएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमिकमजोरी रहेको स्वीकार गरे । उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको उनले बताए ।