आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन चटयाङ्ग सहित वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आञा सम्वाददाता
बर्दिवास

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै आज राती ः प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टामा देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन ् चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनहुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।