मधेस प्रदेशसभा विघटन गरौँ ,, सांसद् रञ्जु यादव

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक चारचार पटक स्थगित भएरपनि मन्त्रीबिनाकै सञ्चालन गरेपछि सांसद्हरूले आपत्ति जनाएका छन् ।

मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएपनी बैठक सञ्चालन गरेको भन्दै नेकपा (एकीकृत समाजवादी)की सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छिन् ।

‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ ।’

मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उनले माग गरेकी छिन् । ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले भनिन् ।