जनकपुर-जयनगर रेल चैत १९ गते नेपाल र भारतका प्रधानमन्त्रीले जुमबाट उद्घाटन गर्ने सम्भावना

[sharethis-inline-buttons]

बर्दिवास-

जनकपुर जयनगर रेल्वे अगामी चैत १९ गते उदघाटन हुने करिब सम्भावना छनेपाल र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उदघाटन हुने सम्भावना रहेको नेपल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले  जानकारी दिए ।

‘अहिलेसम्म पूर्ण रुपमा उदघाटन को मिति तय भइसकेको छैन । तर, चैत १९ गते हुने प्रवल सम्भावना छ । आज साँझसम्म मिति तय हुन्छ’ उनले  भने ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुम प्रविधिबाट उद्घाटन गर्ने उनले बताए । तर, रेल उदघाटनको लागि जनकपुरधाममा एक विशेष कार्यक्रम आयोजन हुने उनको भनाइ छ ।

जनकपुर जनगर रेल फागुन महिना भर दिनमा एकपटक यात्रु जनकपुरबाट जयनगर आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ ।रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् ‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ ।

कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उदघाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर जनकपुर जयनगर रेल चल्ने छ ।जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ ।०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगी करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।