आदिवासी जनजाति महासंघको अध्यक्ष गेल्जे शेर्पा र महासचिवमा दिवस राई विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
नवलपुरको कावासोतीमा बिहीवार सम्पन्न नेपाल आदिवासी जाजाति महासंघको दशौं महाधिवेशनले गेल्जे शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको छ।
महाधिवेशनमा सोनाम लामा वालुङ र शेपा बिच भएको प्रतिस्पर्धामा लामालाई पराजित गर्दै शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन्।

शेर्पाले ४४ मत पाउँदा सोनामले ८ मत ल्याए। महासंघको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती निर्विरोध चयन भएका छन्। यसैगरी ७ उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिं गुरुङ, लाक्पा शेर्पा, लहरु जिमी, श्रूति कुमाल निर्विरोध छानिएका छन्।

महासचिवका लागि भएको चुनाबमा दिवस राई ३६ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुखवीर थामीले १५ मत प्राप्त गरे। उपमहासचिवमा भने रामकृष्ण ब्लोन निर्विरोध चयन भए। ८ सचिवमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्रकुमारी बरामु निर्विरोध चुनिए। कोषाध्यक्षमा विमल सारु मगर चुनिँदा सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भए।