चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज बेलुकी चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी काठमाडौं आउँदैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ। चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ।

नेपाल भ्रमणको समयमा उनले रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
वाङ चैत १३ गते साँझ स्वदेश फर्कने छन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...