नेपाल क्रिकेट टिम अब युवाको काँधमा

[sharethis-inline-buttons]

 काठमाडौं –

नेपाल क्रिकेट टिम अब युवाको काँधमा सरेको छ ।  नेपाली क्रिकेट पछिल्लो एक दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, वसन्त रेग्मीहरूकै वरिपरी थियो । टी–२० विश्वकपदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदासम्म उनीहरूको भूमिका महत्वपूर्ण थियो ।पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके भने वसन्त रेग्मी टिममा छैनन् ।

शरद भेषावकरले गत सेप्टेम्बरमा विश्वकप क्रिकेट लिग टूमा ओमानविरुद्ध खेलेका थिए भने ज्ञानेन्द्र मल्लले दुबईमा दुई दिनअघि सकिएको विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेलेका छन् ।तर शुक्रबारदेखि पपुवा न्यूगिनी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला र मलेसियासमेतको सहभागितामा त्यसपछि हुने त्रिदेशीय टी–२० श्रृंखलाको लागि नेपाल टिम घोषणा हुँदा शरद र ज्ञानेन्द्र मात्र होइन, विनोद पनि टोलीमा अटाएनन् ।

यस्तो  पारस र समकक्षी बिना नेपालले पहिलो पल्ट खेल्न लागेको हो ।एकदिवसीय र टी–२० दुवैको कप्तान रहेका सन्दीप लमिछाने मात्र २१ वर्षका छन् । दुई श्रृंखलाका लागि घोषित टोलीमा अन्तर्राष्ट्रिय खेल खेलेको आधारमा सबैभन्दा सिनियर खेलाडी सोमपाल कामी हुन् । उनले सन् २०१४ को टी–२० विश्वकप खेलेका थिए । त्यसपछि करण केसी र अरिफ शेख सिनियर खेलाडीको रुपमा छन् । दुवैले सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...