आज्ञा संवाददाता
सर्लाही
सर्लाहीमा मन्दिर बनाउने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । त्यस्तै एकजना घाइते भएका छन् ।सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ सतभैयाका धन बहादुर दर्लामीको मन्दिर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय कुल बहादुर पुलामि मगरको मृत्यु भएको हो ।
त्यस्तै करेन्ट लागेर ४२ वर्षीय गणेश बहादुर दर्लामी घाइते भएका छन् ।रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुदा दुबैजनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर कुल बहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नयाव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।करेन्ट लागेर घाइते भएका गणेश बहादुरको लालबन्दीमा सामान्य उपचार पश्चात घर फर्केका छन् ।