गौशाला, चैत ८ गते । सर्लाहीमा गए राति जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।
भारत घर भई हाल सर्लाहीको गोडैता नगरपालिका–१० माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते रंजितालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
सोही दुर्घटनामा ६५ वर्षीय जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गए राति करिब साढे ९ बजे भारतीय नम्बरको जीपले पैदलयात्रीद्वयलाई एकैसाथ ठक्कर दिएको थियो । जीपसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी गोडैताले जानकारी दिएको छ