प्रचण्ड भोली जनकपुरधाम जाँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम भोली जान लागेका छन । माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि हुँन प्रचण्ड जनकपुरधाम जान लागेका हुन् ।
मंगलबार हुन लागेको प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

स्थानिय निर्वाचन नजिकिदै जाँदा जनकपुरधाममा पहिलो पटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २ हजार ५ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

यस प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला समितिका प्रतिनिधि, जनवर्गिय संगठनका प्रतिनिधिलगायतकाहरुको सहभागि रहने बताईएको छ ।