राजदूत पोलिटले गरीन मिथिला चित्रकलाको अवलोकन

आज्ञा सम्वाददाता
पनकपुरधाम
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार जनकपुरधामस्थित

मिथिला चित्रकलाको अवलोकन गरेकि छिन। अवलोकनको क्रममा राजदूत पोलिटले मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामूहिकरुपमा एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापन प्रति गम्भिर रहेको बताइन् । उनले मिथिला चित्रकलाका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् ।

उनले आजै नारी विकास केन्द्रको निरीक्षण गर्दै मिथिला चित्रकलाको बजारीकरण, र अन्तर्राष्ट्रियकरणका लागि आफू सधै तत्पर रहेको बताइन् ।

सो अवलोकनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा मिश्रले सामूहिकरुपमा महिलाहरुको लगनशीलताकै कारण मिथिला चित्रकलाको चर्चा हुने गरेको बताइन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवस्थापन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...