आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको मटिहानीमा पोखरीमा पौडी खेल्नेक्रममा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । मटिहानी नगरपालिका–७ स्थित सो पोखरीमा तीन युवक पौडी खेल्न गएका थिए। स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरेर उचारकालागी लैजाने क्रममा ठाकुरको बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका २५ वर्षीय युवक राकेश पासवान पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।