गौशाला, चैत ६ गते । महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मुखियापट्टी मुसरनिया–३ तुलसियाहीका १८ बर्षीय सुमन ठाकुर सोनार रहेको प्रहरीले जनाएको छ ।
शनिबार मटिहानी नगरपालिका– ७ स्थित लक्ष्मी सागर पोखरीमा पोखरीमा पौडी खेल्ने क्रममा सोनारको डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
पोखरीमा पौडी खेल्ने क्रममा अचानक बेहोस भएकोमा तत्काल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उनलाई पोखरीबाट उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा सोनारको बाटोमै मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
साभार द पब्लीक टुडे: