धनुषामा करेन्ट लागेर र पोखरीमा डुबेर दुईजनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
धनुषामा करेन्ट लागेर र पोखरीमा डुबेर दुईजनाकोे ज्यान गएको छ ।
धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।

आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैंसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट चुहाबट भई उनि गम्भिर घाईते भएका थिए। घाइते यादवलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ।

यसैगरी शनिबार दिउँसो करिब दुई बजे जनकपुरधाम उपमहानगरपालिका ११ लक्ष्मण अखडाका १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।