सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना एकको ज्यान गयो तिन घाईते

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य तिन जना गम्भीर घाईते भएका छन ।

शुक्रवार साँझ कविलासी नगरपालिका–६, जमुनियास्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किदा भारतीय नम्बर प्लेट बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२, निवासी २८ वर्षीय धर्मेन्द्र राम गम्भीर घाइते भएका थिए रामलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पु–याएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, सोही मोटरसाइकलमा सवार कविलासी नगरपालिका–२, निवासी २३ वर्षीय राजु रामको खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा संलग्न बिआर ०६ सिएफ ५३५७ नम्बरको मोटरसाइकल चालक चक्रघट्ट गाउँपालिका–५, बस्ने ३० वर्षका राजकुमार यादव र पछाडि बसेका सोही स्थानका ३० वर्षका हरिओम यादवको टाउको, अनुहार र हातखुट्टामा गहिरो चोट लागेको छ ।

उनीहरू दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । दुवै जनालाई प्रादेशिक अस्पताल मलंगवामा उपचारपछी थप उपचारको लागि बीरगंज रिफर गरिएको छ । तीव्र गतिमा रहेको दुवै मोटरसाइकल एक आपसमा ठोकिएको हो। मृतक रामको सव परीक्षणको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको बताईएको छ।