आज्ञा सम्वाददाता
बर्दिवास
हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन। आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेगगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै आज राती ः देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको अधिकंश क्षेत्रमा तापक्रम वृद्धि भई गर्मी बढनेक्रम रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।