आज्ञा संवाददाता
धनुषा
धनुषाबाट १० किलो प्रतिबन्धित गाँजासहित एक युवक प्रहरीको फन्दामा परेका छन् ।पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ किरतपुर वस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
सवारी साधन तथा पैदल यात्रीहरुलाई रोकेर चेकजाँच गरिरहेको अवस्थामा यदुकूहा वजार तर्फबाट प्रदेश नं २(०२(००४ प ११४७ नम्वरको मोटरसाइकलमा पछाडी बोरामधा लैजाँदै गरेको ९ किलो ७ सय ग्राम गाँजासहित बिहीबार बिहान साढे ११ बजे उनलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
सवारी साधन तथा पैदल यात्रीहरुलाई रोकेर चेकजाँच गरिरहेको अवस्थामा यदुकूहा वजार तर्फबाट प्रदेश नं २(०२(००४ प ११४७ नम्वरको मोटरसाइकलमा पछाडी बोरामधा लैजाँदै गरेको ९ किलो ७ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनको साथबाट ६३ हजार नेपाली रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका यादवमाथि लागूऔषध मुद्दामा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धाधन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।