आज पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सफा रहने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ।