जनकपुरमा परिक्रमा तीर्थयात्रीहरूलाई बिश्राममा कठिनाइ

[sharethis-inline-buttons]

आज्ञा संवाददाता

जनकपुर

मिथिला माध्यमिकी परिक्रमा यात्री आज जनकपुरमा विश्राम गर्दैछन् ।बुधबार १४औँ विश्राम स्थल बिशौलबाट जनकपुरधाम आइपुगेका परिक्रमा यात्री ऐतिहासिक रंगभूमि मैदान बाह्रविघासहित विभिन्न स्थानमा बासबसेका हुन् ।बिशौल तथा जनकपुरधामको दूरी सबैभन्दा लामो हुने भएकाले तीर्थयात्रीहरू बढी मात्रामा थकित हुने गरेका छन् ।

आज अन्तिम पडाव जनकपुरधाममा उनीहरु विश्राम गर्दैछन् ।आज राति विश्राम पश्चात भोलि बिहानैदेखि जनकपुरधामको अन्तरगृह अर्थात पञ्चकोशी परिक्रमा गरेपछि परिक्रमा यात्री घर फर्कन्छन् ।फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको परिक्रमापूर्णिमाकादिनजनकपुरधामको  अन्तर गृह परिक्रमा गरेपछि १५दिने मिथिला मध्यमा परिक्रमा विधिवत समापन हुने गर्दछ ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् ।नेपाल तथा भारतको साझा सांस्कृतिक महत्त्वको मध्यमा मिथिला परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भजन कीर्तनसहित तय गर्ने गरेका छन् ।

परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि मध्यमा मिथिला परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेका छन् ।परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेका छन् ।

व्यवस्थापनमा सम्बन्धित निकाय उदासिनजनकपुरधाम आइपुगेका हजारौं परिक्रमा यात्रीको लागि व्यवस्थापन सम्बन्धित निकाय उदासिन देखिएका छन् । स्थानीय, प्रदेश र संघीयसहित तीन तहको सरकार भएपनि परिक्रमा यात्रीका लागि बाह्रविघा मैदानमा सरसफाई, खानेपानी, शौचालय र विजुलीवत्तीको व्यवस्थापनमा ध्यान दिएको देखिँदैन ।

बाह्रविघा मैदानमा वृहत्तरले जडान गरेको हाइमास्क लाईट समेत लामोसमयदेखि बिग्रेको छ । वृहत्तर पनि परिक्रमा व्यवस्थापनमा खासै चाँसो देखाएको छैन ।विजुलीबत्तीको व्यवस्था सरकारी स्तरबाट नहुँदा परिक्रमा यात्री अँध्यारोमै बस्न बाध्य भएका छन् । खानेपानी र शौचालयको व्यवस्थापन नहुँदा कष्ट भोग्नु परेको परिक्रमा यात्रीहरुको गुनासो छ ।