चैत ३ , बर्दिवास
आजको दिन हिमाल पहाडी क्षेत्रममा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाइँ हर्षोल्लहासका साथ मनाइने गरिन्छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाइन्छ ।
किम्बदन्ती अनुसार विष्णु भक्त प्रह्लादलाई अग्नीमा बसाएर हत्या गर्न खोज्ने हिरण्यकस्यपुकी बहिनी होलिका आफै जलेको खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।बिहीबार पहाड तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाइँदै छ भने शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँने छ ।
मिथिलाञ्चलमा भने होली पर्व शनिबार मनाइँने छ । १५ दिने मिथिला मध्यमा अन्तगरगृह परिक्रमा समापन भएको भोलि पल्ट होलि मनाउने परम्परा रहेको छ । आज जनकपुर आउन लागेको परिक्रमा भोलि अन्तगरगृह परिक्रमा गरि समापन हुने छ ।