आज्ञा सम्वाददाता
काठमार्डा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आउने निर्वाचन सामान्य औपचारिक निर्वाचन होइन,जीवनमरणको लडाईं भएर आउने भएकाले स्थानीय तहको निर्वाचनलाई माओवादीले युद्धकै रूपमा लिएको बताएका छन् । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश र प्रवास समन्वय समितिको बुधबार आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाइए सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न र गठबन्धनको आशामा नबस्न निर्देशन दिए।
उनले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरू भइरहेको चर्चा गर्दै सङ्घीयता,धर्मनिरपेक्षता,लोकतान्त्रिक गणतन्त्र,समावेशीताजस्ता उपलब्धिहरू माओवादीका कारण प्राप्त भएकोले ती उपलब्धि र परिवर्तनको रक्षा माओवादीले नै गर्नसक्ने प्रस्ट पारे।