उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको मुल्य बढायो ।

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थका मूल्य उच्च दरले बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार मध्यरातको १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

बढेको मुल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ । हवाई इन्धनको आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ५१ रुपैयाँ पु¥याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको निगमले जनाएको छ । बुधबार मात्र इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ घाटा रहेको छ ।

निगमले आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको बताएको छ । यो संगै एक महिनामा तीन पटकसम्म इन्धनको मुल्य बढाएको हो। हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ हजारले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ४ सय ९५ कामय गरिएको निगमले जनाएको छ।
यसअघि बुधबार दिउँसो नै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको जनाएको थियो । निगमले भारतबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाएको थियो ।