८० प्रतिशत पालिकामा जित्छौँ : : कांग्रेस सभापति नागेश्वर यादव

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरी नेपाली कांग्रेसका सभापति नागेश्वर यादवले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको दाबि गरेका छन ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने भन्दै । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको अहिलेको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने समेत दाबी गरेका छन् ।

क्षेत्र नम्बर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रमका अर्का बक्ता जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटकप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने जिकिर गरे । उनले भने “कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ।
उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।
पार्टीले गठबन्धनको विषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेको भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद क्षेत्रीले भने गठबन्धनको कुनै औचित्य छैन।