नेपालमा रिलिज हुँदै अनुपम खेरको ‘द कश्मीर फाइल्स’, भारतमा ५ दिनमै ६० करोडको कमाइ

[sharethis-inline-buttons]

काठमाडौं –

अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुने भएको छ । वितरक मनोज राठीले देशभरका हलमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिए ।भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको यो फिल्मलाई समीक्षा पनि उत्कृष्ट मिलिरहेको छ ।

‘भारतको कमाइ र समीक्षाको ट्रेन्ड हेरेपछि नेपालमा ल्याउनैपर्ने देख्यौं,’ राठीले भने, ‘शुक्रबार सबै हलबाट रिलिज हुन्छभारतीय बक्स अफिसमा फिल्मले पाँच दिनमा ६०.२० करोड नेट कमाइ गरेको छ । पहिलो दिन ३.५५ करोड कमाएको फिल्मले दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड र चौंथो दिन १५.५ करोड कमाइ गरेको थियो ।

पहिलो साताको समाप्तिसम्म फिल्मले ९० करोड भारु नेट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘ब्लकबस्टर’को रुपमा उल्लेख गरेका छन् ।