आज्ञा सम्वाददाता
जनकपुरधाम
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले ‘होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना गरेका छन।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले सबै हिन्दु नेपालीलाई धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् ।
उनले होली सांस्कृतिक पर्वका रुपमा रहेकाले यसलाई धार्मिक सद्भाव, भाइचाराको हिसाबले बनाउनुपर्नेमा जोड दिए।
मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन होलीको ठूलो भूमिका रहेकोको बताए ।
जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।