काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने दावी गरेछन् ।चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।
‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’
‘