आज्ञा संबाददाता
सर्लाही
सर्लाहीमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा एउटा घर पुर्ण रुपले जलेको छ ।सोमबार साँझ करिब ७ बजे सर्लाहीको बिष्णु गाउँपालिका-३ मधुवनगोठका रामकृत मण्डलको खपडाले छाएको कच्ची घरमा सिलिण्डर ग्याँस लिक हुँदा आगलागी भई घर पुर्ण रुपले जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घरमा आगलागी हुँदा भई घरभित्र रहेको अन्नपात, लताकपडा, भाँडाकुडा, नगद १० हजार, सुन चाँदीको गर गहना र घर गरी जम्मा २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।