बटेश्वर गाउँपालिका बन्यो भ्रष्टाचार गर्ने अखाडा !

[sharethis-inline-buttons]

आज्ञा संबाददाता
धनुषा

धनुषाको बटेश्वर गाउँपालिका कार्यालय भ्रष्टाचार गर्ने थलोको रुपमा परिणत भएको छ । विकासको नाममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखाअधिकृत सुमन पुरीले सेटिंगमा योजनाहरु दिएर अनियमितता गर्ने गरेको रहस्य खुलेको छ ।

यसअघि पनि बटेश्वर गापा अध्यक्ष क्षेत्री ८ लाख घुस लिएका थिए भने केहि दिन अघि मात्र लेखाअधिकृत सुमन पुरीले योजनाको भुक्तानी दिन पहिला नै १० प्रतिशत घुस लिएको खुलासा भएको थियो ।सो घटनाहरु सेलाउन नपाउँदै तीनैजनाले मोटो कमिसन सेटिङमा एउटै व्यक्तिका कम्पनीलाई ठूलादेखि फुटकर एक दर्जन बढी योजना गोप्य रुपाम टेन्डर र कोटेशनबाट पारेको खुलासा भएको हो ।

उनीहरुले रौतहटको सन्तोष केसरीको कम्पनी आर.एन. कन्ट्रक्सनलाई एक दर्जन बढी योजना गोप्य रुपमा मोटो कमिसनको सेटिंगमा पारेका हुन् ।गापा अध्यक्ष आठ लाख घुस प्रकरणमा मुछिएको गाउँपालिका परिसरको निर्माणधीन प्रशासनिक भवनको माथिल्लो तल्ला, कार्यालयअगाडिको सडक पारि पश्चिम छेउमा निर्माण भइरहेको महादेव मन्दिर, वडा नं. १ चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माण योजना आरएन कन्ट्रक्सनलाई नै गोप्य रुपमा पारेका छन्

‘तीनैजनाले २५ देखि ४० प्रतिशत कमिसनको सेटिङमा योजनाहरू एउटै कम्पनीलाई गोप्य रूपमा पारिएको छ । त्यसैले भण्डाफोर नहोस् भनेर उनीहरू आफैं भित्र गोप्य राखेर धमाधम काम गराइरहेका छन् ’, कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ योजनाको कामहरू त पारदर्शी हुन्छ । यहाँ गोप्य राखिएको छ ।’स्थानीय माओवादी नेता कुशेश्वर महतोले सबै मिले गाउँपालिकामा ब्रह्मलुट मच्चाएको आरोप लगाए । ‘मोटो कमिसनकै सेटिङमा नै एउटै व्यक्तिका कम्पनीलाई यति योजना दिएको उनको भनाइ छ ।टुडेपाटी