आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको नवलपुरमा निर्माण भएको ग्रिड सवस्टेशनको आज उद्घाटन हुँदै छ ।
लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही खोला किनारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ग्रिड सवस्टेशनको मंगलबार दिउँसो उद्घाटन गर्न उर्जामन्त्री पम्फा भुषाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्लाही आउदै छन ।
सर्लाहीमा अहिले नवलपुरमै ग्रिड सवस्टेशन निर्माण भएपछि लामो जंगल छिचोलेर रौतहटको चन्द्रनिगाहपुरदेखि लाईन तान्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
ग्रिड सवस्टेशन बनेर संचालनमा आएसँगै जिल्लामा अनियमित विद्युत् कटौतिमा कमी आएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले दावी गरेका छन।