सृष्टि क्षेत्री
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको छैठो दिनको आज भएको खेलमा नबप्रतिभा क्लब सिरहा विजय भएको छ । नबप्रतिभा सिरहाले बिपक्षी टिम आयोजक बर्दिवासलाई शुन्यको बिरुद्ध १ गोलले पराजितगर्दै बिजय हासिल गरेर फाईनल खेलमा प्रबेश गरेको हो।
आजको खेल शुरु भएको ३ मिनेटमै आयोजक बर्दिवासलाई नबप्रतिभाका जर्सी नम्बर ७ का म्याक्सेकले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए त्यसपछी खेलको अन्तिम समय सम्मपनी दुबै पक्षबाट कुनैपनी गोल हुन नसकेपछी नबप्रतिभा क्लब सिरहा विजय भई फईनल खेलमा प्रबेश गर्न सफल भएको हो।
आज भएको रोमाञ्चक खेलमा नबप्रतिभा क्लब सिरहाका जर्सी नम्बर ७ का खेलाडी म्याक्सेक म्यान अफ द म्याच घोषित भएका छन्। उनलाई आयोजक नगर खेलकुद विकास समिति मार्फत बर्दिवास नगरपालिका बडानम्बर ३ का बडा सदस्य गणेश बस्नेतले २ हजार ५ सय नगद र ट्रफी प्रदान गरेको समितिका अध्यक्ष विष्णु बम्जनले जानकारी दिए ।