काठमाडौं –
दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।
आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । eoers. epsnepal.gov.npमा गएर अनलाइन आवेदन भर्न सकिन्छ । योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।
परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख (२०७९)देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा परीक्षा भएको छ ।