सिरहांमा कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।
घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । अन्य दुईजनाको स्थानीय स्तरमै उपचार भइरहेको छ ।
आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना लगतै कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।