जनकपुरधाम – १३ का वडाध्यक्ष मण्डलले पाए सफाइ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
घुस लिएको आरोप खेपिरहेका जनकपुरधाम उपमहानगरपालिका– १३ का वडाध्यक्ष शुभनारायण मण्डललाई विशेष अदालतले सफाइ दिएको छ ।
नागरिकता प्रमाणपत्रको सिफारिस गर्न सेवाग्राहीसंग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध गत वर्ष आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतमा सुनवाइपछि उनलाई सफाइ दिइएको हो । विशेष अदालतबाट सफाइ पाएपछि मण्डलले नेपालको न्याय प्रणाली विश्वास रहे पनि अब त्यो विश्वास झनै बढेको प्रतिक्रिया दिए ।