मुम्बई –
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर अक्टोबरमा बिहे गर्ने भएकाछन । आलिया भट्ट पछिल्लो फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् । तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन ।
कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।
कपुर र भट्ट परिवार स्रोतले अक्टोबरमा बिहे गर्न सोहीअनुसार तयारी गरिरहेको दैनिक भास्करले जनाएको छ । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरुको योजना रहेको बताइएको छ ।
रणवीर र आलिया अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिजको तयारीमा छ ।यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले यो जोडीको बिहेको नयाँ खबरबारे उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछ ।