काठमाडौं-
लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् उनीहरूले आइतबारकमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।
गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् ।परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४/५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका उनीहरूले जनाएका छन् ।
अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।
नासुमा नाम निकालेकाहरूलाई आयोगले अदालतको आदेश अस्पष्ट भएको भन्दै कानुनी परामर्श गरेर काम अघि बढाउने आश्वासन दिएको छ ।