साढे पाँच किलो गाँजासहित गौशालाबाट हरेन्द्र पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
बिक्री गर्ने उद्देश्यले सञ्चय गरी घरभित्र लुकाईराखेको साढे पाँच किलो लागुऔषध गाँजासहित महोत्तरी जिल्लाको गौशाला नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
गाँजा बिक्रीको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले हरेन्द्रको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेकोे गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएसँगै हरेन्द्रलाई प्रहरीले घरबाटै पक्राउ गरी आवश्यक कारबाहीकालागीे तयारी गरीरहेको महोत्तरी प्रहरीले जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...