प्रेस चौतारीको अध्यक्षमा बस्नेत चयन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश बस्नेत चयन भएका छन् । नेकपा एमालेको पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले बस्नेतलाई सर्बसम्मत चयन गरेको हो ।

त्यसैगरी चौतारीको उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका छन । महासचिवमा हिरामान लामा उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

त्यस्तै सचिबमा बिस्णु तारुके (बागमती), हरि बल्लब नेपाल (प्रतिस्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), बिष्णु शर्मा कर्णाली, सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी प्रदेश) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएको प्रेस चौतारी नेपालले जनाएको छ ।