वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बीरगंज
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा भएको एक कार्यक्रममा सरावगी एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी सहितका नेता कार्यकर्ता एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफालाई पार्टी प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए । जसपाबाट असन्तुष्ट रहेका सरावगी एमालेबाट टिकट लिएर पुनः महानगरपालिकाको मेयरमा चुनाव लड्ने भएका छन् । एमालेले मेयरको टिकट दिने कन्फर्म गरेपछि सरावगी पार्टी प्रवेश गरेका हुन् । उनले पार्टी प्रवेशपछि सञ्चारकर्मीसँग कुराकानीगर्दै भने, जसपाभित्रैबाट मलाई असहयोग भयो, काम गर्ने वातावरण नै दिएनन त्यही भएर मैले पार्टी परित्याग गरेको हुँ ।