आज्ञा सम्वाददाता
जनकपुरधाम
नेपाली कांग्रेस धनुषाको शुक्रबार भएको दोस्रो चरणको मतदानमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापतिमा बिजयी भइका हुँन।
योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ । दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो ।
सोमबार भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरका कोइराला पक्षका उम्मेदवार प्रसैलाको पजियारलाई समर्थन रहेको थियो ।