महोत्तरीमा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रममा अबरोध गर्ने दुईजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता

 महोत्तरी

महोत्तरीमा लागुऔषध दुव्र्यसन तथा ओसारपोसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रममा अबरोध गर्ने दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–१४ बस्ने अन्दाजी ५० बर्षीय कमल हमाल र बर्दिवास नगरपालिका–८ बस्ने अन्दाजी ३० बर्षीय जितबहादुर दर्लामीलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट सम्सीका प्रहरी निरीक्षक भिमबहादुर राणाले द पब्लिक टुडेलाई जानकारी दिए ।

उनका अनुसार सम्सीमा प्रहरीले लागूऔषध दुव्यर्सन तथा ओसारपसार नियन्त्रण सम्बन्धि ४ दिनदेखि जनचेतनामूलक कार्यक्रम अन्तर्गत लागुऔषध सेवन गरेर सिमामा आवतजावत गर्नेलाई केही समय नियन्त्रणमा राखेर सम्झाइबुझाइ छाेड्ने गरेका थिए ।‘हामीले त्यस अभियान अन्तर्गत २०–२२ जनालाई नियन्त्रणमा लिएका थियौं ।

त्यसैक्रममा कमल र जीतबहादुर पनि लागुऔषध सेवन गरेर आएको थियो । हामीले ती दुबैजनालाई यहाँ बस्नुपर्छ भन्यौं,’ प्रहरी निरीक्षक राणाले भने ‘त्यसपछि उनीहरु अटेरी गरेर उल्टै प्रहरीलाई धक्का मुक्की गरेपछि दुवैलाई नियन्त्रणमा लिएका हौं ।’पक्राउ परेका हमाल र दर्लामीलाई जिल्ला पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राणाले बताए ।