आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको तेश्रो खेलमा अाज सहलेश युवा क्लब सिरहा विजयी भएको छ ।
खेलको पहिलो हाफमा दुवै टिममध्ये कसैले पनि गोल गर्न नसकेपछी खेलको ५२औं मिनेटमा सहलेश युवा क्लब सिरहाका रुपक लामाले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ७०औं मिनेटमा सोही क्लबका आर्मनले दोस्रो गोल गरेर डकाहा सिन्धुलीलाई २–० ले हराउँदै सहलेश विजयी भएको हो ।
आज भएको खेलमा सहलेशका रुपक लामा म्यान अफ द म्याच घोषित भएका छन् ।
मेयर गोल्डकप फुटबलको शनिबार हुने चौथो खेलमा बर्दिबास–११ र धनुषा–११ बीच प्रतिस्पर्धा हुनेछ । बर्दिबास मेयर गोल्डकप फुटबल चैत २ गतेसम्म चल्ने आयोजकले जनाएको छ।