आज्ञा सम्बाददाता
काठमाडौं
आसन्न स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसंग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
छलफलका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बोलाइएको छ ।सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने यसअघि नै घोषणा गरेको छ।स्थानीय तहको चुनाव लागि आयोगले ७९ वटा दललाई मान्यता दिएको छ । निर्वाचन तयारी स्वरुप दलहरुसंग छलफल गर्न लागेको हो ।