सभापतिका लागि नेपाली कांग्रेस धनुषाको दोश्रो चरणको मतदान हुंदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
सभापतिका लागि नेपाली कांग्रेस धनुषाको दोश्रो चरणको मतदान शुक्रवार हुंदैछ ।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि नेताहरूबीच सहमति हुन नसक्दा एक दिन पर सारिएको हो ।
पहिलो चरणमा मंगलबार अबेर रातीसम्म भएको मतगणनामा कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछी दोश्रो चरणको मतदान आज हुन लागेको हो ।
धनुषामा सभापति पदका लागि भएको निर्वाचनमा निधि समुहका योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २ सय ४८ मत ल्याएका थिए भने संस्थापन पक्षबाट उनका प्रतिद्वन्दी संतोष यादवले ८ सय ८२ मत ल्याएका थिए । त्यस्तै, अर्का प्रतिद्वन्दी कोइराला समुहका दिनेश प्रसैलाले ६ सय ३० मत प्राप्त गरेका थिए भने १ सय ५८ मत बदर भएको थियो । सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९ सय १८ जनाले मत खसेको थियो ।
पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अव दोस्रो चरणको लागि मतदान हुन लागेको हो।