बर्दिवासमा आदिवासी जनजाति महोत्तसब शुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
आफ्नो सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण , प्रवर्द्धनगर्न आदिवासी जनजाति महासंघ महोत्तरीले बिहिवारदेखी बर्दिवासमा जनजाती महोत्तसब लगाउन शुरुगरेको छ । महोत्तसबको उद्यघाटन आदिबासी जनजाती महासंघका केन्द्रिय अध्यक्षय जगत बरामले गरेका हुँन ।
चैत्र ६ गत्ते सम्म लाग्ने तेश्रो आदिवासी जनजाति महोत्सव बर्दिवास स्थित वडा नम्बर १ गौतम होटल अगाडीको खुल्ला चौरमा लगाईएको छ ।
महोत्सवमा महोत्तरी जिल्ला भित्र बसोवास गर्ने जनजाती भित्रका ९ जातीले आ(आफ्नो मौलिक परम्परा,संस्कृति,भेषभुसा र खाद्य परिकारको प्रदर्शन गरेका छन । बढदो आधुनिकता संगै संकटमा पर्दै गएको आदिवासी जनजातीका कला सांस्कृतीलाई संरक्षण र प्रवर्द्धन गर्नका निम्ति महोत्तरी जिल्लाबाटै पहल गरिएको जनजाति महासंघ महोत्तरीका अध्यक्ष सन्तराज मोक्तानले बताए
महोत्सवमा जनजातिका परम्परागत धर्म(संस्कृति र झाँकिको प्रदर्शन गरिने महोत्सव आयोजक समितिले जनाएको छ ।
मेलामा १ सय ५० स्टल राखिएको छ। जस्मा ९ वटा स्टल आदिवासी जनजातीका बिबिध प्रयोजनकालागि छुट्याईएकोे छ। महोत्सव अबलोकन गर्न चाहनेले शुक्रवार देखी रु ६० को दरले टिकट काटेर अबलोकन गर्न सक्ने छन । मेलामा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुले कला प्रर्दशनगर्नुको साथै करीब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ।
३५ लाखको लागत र ४२ लाख आम्दानी गर्नै लक्ष्य राखिएको महोत्सवमा शनिबार बिद्यार्थीलाई ५० प्रतिशत छुट र जेष्ठ नागरिकलाई निशुल्क अबलोकनको ब्यवस्था मिलाईएको छ।