निकेश खनाल
बर्दिवास
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो ः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु–भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राती ः देशको पहाडी तथा हिमाली भु–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।