भंगहा नगरले नगरभित्र बिहीबार सार्वजनिक बिदा दियो

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको भंगहा नगरपालिकाले नगरभित्र बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मिथिला मध्यमा परिक्रमा यात्रीहरुको स्वागतका लागि परिक्रमाको सातौं दिन भंगहा–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली पुग्नेभएकाले सार्वजनिक विदा दिइएको हो ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गरिने नगरप्रमुख संजिव साहले जानकारी दिए । कञ्चनवनमा प्रत्येक वर्ष ‘कञ्चनवन होली महोत्सव’को आयोजना हुँदै आएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ ।

यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो । बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ ।